राजनीति

पत्रकार महासंघद्वारा प्रधानन्यायाधीशको पुत्ला दहनको भत्सर्ना

नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतलको विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्ने फैसलाको स्वागत गरेको छ। सर्वाेच्च अदालतको सो निर्णयले संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य, मान्यता पुनः स्थापना भएको महासंघको निष्कर्ष छ।  

महासंघले प्रेस विज्ञप्तिमार्फत् अदालतमाथि भएका अशोभनीय टिका–टिप्पणी र प्रधान न्यायाधीशको पुत्ला दहन गर्ने कार्यको समेत भत्सर्ना गरेको छ। ‘स्वतन्त्र न्यायपालिकामाथि कुनै पनि  पक्षबाट प्रहार गर्न हुँदैन भन्नेमा महासंघको प्रष्ट दृष्टिकोण रहँदै आएको छ।’ विज्ञप्तिमा भनिएको छ।

महासंघका महासचिव रोशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पुनस्र्थापित प्रतिनिधि सभा र संसद्बाट निर्माण हुने सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्दै सञ्चार क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा महासंघको रहेको पनि उल्लेख छ।

प्रकाशित: २९ असार २०७८ १२:१७ मंगलबार

नेपाल पत्रकार महासंघ