राजनीति

अब बन्ने सरकार सही सलामत अघि बढ्नेमा शंका छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपछि बन्ने सरकार सही तरिकाले अघि बढ्नेमा शंका व्यक्त गरेका छन्।

देशबासीको नाममा सम्बोधन गर्दै उनले अदालतले गरेको फैसलालाई ऐतिहासिक भएको भनी टिप्पणी गर्नेहरुलाई समयले पाठ सिकाउने बताउँदै सरकार सही तरिकाले अघि बढ्नेमा शंका व्यक्त गरे।  

उनले अहिलेको समयको आवश्यकता भनेकै सार्वभौमसत्तालाई बलियो बनाउँदै जानुपर्ने भए पनि त्यो हुन नसकेकोमा दुःख जनाए। उनले भने, ‘आजको राजनीति विपरीत दिशामा लान खोज्दैछ। बाँकी अवधि संसद चलोस्, शुभकामना छ। समयमै चुनाव होस्। अब बन्ने सरकार सही सलामत अघि बढ्नेमा शंका छ। यसले विगतमा अग्रणी भूमिका खेल्ने पात्रहरु परिचित्र पात्रहरु छन्। उनीहरुको इतिहास, भूमिका देशलाई थाहा छ।’  

प्रकाशित: २९ असार २०७८ ०९:२१ मंगलबार

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली