प्रधानमन्त्री केपी शर्माले जनादेश आफ्नो पक्षमा र परमादेश नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा भएकाले आफूले सरकार छोड्न लागेको बताएका छन्।
देशबासीको नाममा मंगलबार सम्बोधन गर्दै उनले सरकारबाट बाहिरिनुपर्दा आफूलाई कुनै अप्ठेरो र कुनै पछुतो नलागेको बताए। उनले आफूले देश र जनताको हितका लागि काम गरेको कारण अहिले सरकारबाट बाहिरिनुपर्दा पनि कुनै दुःख नलागेको बताए।
सम्बोधनकै क्रममा उनले पछिल्लो समयमा अदालतप्रति जनताको विश्वास गुम्दै जाने खतरा बढेकोमा चिन्ता जनाएका छन्।
प्रकाशित: २९ असार २०७८ ०९:०१ मंगलबार