राजनीति

सर्वोच्चको निर्णय एमालेलाई अमान्य : बस्नेत

नेकपा (एमाले)का नेता महेश बस्नेतले सर्वोच्च अदालतको निर्णय आफूहरुले नमान्ने बताएका छन्।

सर्वोच्च अदालतले सोमबार संसद पूनर्स्थापनाको निर्णय गरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दुईदिनभित्र प्रधानमन्त्री बनाउन परामादेश दिएसँगै सडकमा उत्रिएका युवा संघ नेपालको कार्यक्रममा सहभागी उनले सर्वोच्च अदालतको निर्णउ विरुद्ध आन्दोलन समेत गर्ने बताए।

उनले सर्वोेच्च अदालतका प्रधान न्यायाधिश चोलेन्द्र शमशेर राणा आफू प्रधानमन्त्री बन्नका लागि सोमबार उक्त निर्णय गरेको समेत बताए। उनले सर्वोच्च अदालतको उक्त निर्णयले संसदीय प्रणाली ध्वस्त हुने समेत दाबी गरे।  

नेता बस्नेतले देशी विदेशी शक्तिको चलखेलले सर्वोच्च अदालतले उक्त निर्णय गरेको बताउँदै सो निर्णयविरुद्ध युवा संघ नेपालले कडा आन्दोलन गर्ने दोहोर्याए।

प्रकाशित: २८ असार २०७८ ०९:४७ सोमबार

महेश बस्नेत सर्वोच्च अदालत