राजनीति

नेताहरुलाई दबाब दिन कांग्रेस निकट युवा भेला : गुटको राजनीति अन्त्य गर्न माग

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका पूर्व पदाधिकारी एवं नेताहरुले आसन्न १४ औँ महाधिवेशनबाट सुदृढ वैचारिक र एकताबद्ध कांग्रेस निर्माण गर्न आह्वान गरेका छन् ।  

सातवटै प्रदेशका युवा नेताहरुको सहभागितामा गोरखामा शनिबार भएको भेलाले वैचारिक र राजनीतिक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका हुन्।

‘यो पार्टीलाई एकढिक्का बनाएर गुटको राजनीतिक अन्त्य गर्दै युवाहरुको सहभागिता बढाउन आयोजना गरिएको भेला हो’ भेलामा सहभागी एक सदस्यले भने ‘केन्द्रीय नेताहरुलाई दबाब दिन हाम्रो भेला आयोजना भएको हो।’

भेलाले कोभिड १९ बाट प्रताडित जनतालाई सुरक्षित राख्न सरकार असक्षम रहेको निश्कर्ष सहित तत्काल सबै नागरिकलाई खोपको व्यवस्था गर्न माग गरेको छ। बाढी पहिरो पीडित जनताको उचित बसोबासको व्यवस्था तत्काल गर्नुपर्ने, राहत बितरणको व्यवस्था गर्नुपर्ने विषयमा पनि भेलामा छलफल भएको थियो।  

प्रकाशित: २६ असार २०७८ ११:५७ शनिबार

नेपाली कांग्रेस खाँचो राजनीतिक संस्कारको