राजनीति

मेलम्ची पुगेर प्रम ओलीले भने : समाजसेवा देखाउनका लागि हैन

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजसेवा देखाउनका लागि नभएको बताएका छन्।

सिन्धुपाल्चोकको बाढीपीडित क्षेत्र मेलम्चीमा पुगेर स्थलगत अवलोकनपछि प्रधानमन्त्री ओलीले राहतमा पनि स्वार्थ लुकेको बताउँदै राहतलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्नुपर्नेमा जोड दिए। उनले मेलम्चीमा राहत दिने नाममा कोही फेसबुकमा राख्ने, कोही धर्म प्रचारमा आउने गरेको बताउँदै राहतमा स्वार्थ राखेर समाजसेवा नहुने बताए। उनले राहत वितरण गर्ने जोकोहीले पनि स्थानीय तहसँग समन्वय गरी गर्नुपर्नेमा जोड दिए।  

उनले मेलम्चीको पूनर्निर्माणको काम तीव्र गतिमा अघि बढ्ने समेत बताए।  

प्रकाशित: २६ असार २०७८ ०९:१८ शनिबार

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीमा राहत