राजनीति

डा खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्।  

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ। 

प्रकाशित: २० असार २०७८ १३:४५ आइतबार

गैरआवासीय राजदूत नियुक्त राष्ट्रपति विद्यादेवी भण्डारी