राजनीति

सुप प्रदेशसभा : ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक’ पारित

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक २०७७’ लाई पारित गरेको  छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले आजको बैठकमा सो बिधेयक प्रस्तुत गरेका थिए।

यसअघि सो बिधेयक माथिका छलफलमा प्रदेशसभा सदस्य अमरबहादुर साउद, देवकी मल्ल, मालामति रानाथारु र डिल्लीराज पन्तले भाग लिएका थिए। अब प्रदेश भित्रका पर्यटकीय क्षेत्र एवं पर्यटकीय स्थलको संरक्षण तथा प्रवर्द्धन गर्ने थप बाटो खुलेको छ। रासस

प्रकाशित: १७ असार २०७८ १२:१६ बिहीबार

सुप प्रदेशसभा