राजनीति

बी.पी. कोइराला अध्ययन तथा अनुसन्धान केन्द्र शिलान्यास

बी.पी. कोइराला स्मृति ट्रष्टद्वारा निर्माण गरिने बी.पी. कोइराला अध्ययन तथा अनुसन्धान केन्द्र शिलान्यास गरिएको छ।

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादर देउवाले उक्त भवनको शिलान्यास गरेका हुन्। सो क्रममा उलने राष्ट्रवादी नेता बी.पी.कोइरालाको राजनीति तथा साहित्यबारे अनुसन्धान तथा अध्ययन गर्ने चाहने जोकोहीलाई पनि केन्द्र महत्वपूर्ण हुने बताए। 

सोही अवसरमा नेपाली काँग्रेसका महामन्त्री तथा बी.पी. ट्रष्टका सदस्य शशांक कोइरालाले अध्ययन तथा अनुसन्धान केन्द्रबाट बीपी कोइराला र नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जिज्ञासु देश/विदेशका सबैले चाहेजति सूचना तथा जानकारी पाउने बताए। बी.पी. कोइराला स्मृति ट्रष्टका महासचिव रामचन्द्र पोखरेलका अनुसार सो भवन करिब नौ करोडको बजेटमा सम्पन्न हुनेछ।

भवन लगभग १८ महिनादेखि दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: १६ असार २०७८ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App