राजनीति

विमलेन्द्र, शशांक र प्रकाशमानबीच चाक्सीबारीमा छलफल

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार सिंह निवास चाक्सीबारीमा छलफल हुने भएको छ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुन लागेकाे शशांक कोइरालाको सचिवालयले जनाएको छ। 

यसअघि हिजो मात्र पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला निवास मण्डिखाटारमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको थियो।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरिएको छ।

प्रकाशित: १५ असार २०७८ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App