राजनीति

राष्ट्रपतिद्वारा विभिन्न संवैधानिक निकायमा नियुक्त, को-को भए ?(नामावलीसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा नियुक्त गरेकी छन्।

उनले बिहीबार संवैधानिक परिषद्को सिफारिशमा विभिन्न निकायमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरेकी हुन्।

नियुक्त भएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा बागलुङका डा. हरि पौडेल, ललितपुरका डा. सुमित्रा श्रेष्ठ(ब्यान्जु) रहेका छन्। त्यस्तै लोक सेवाको अध्यक्षमा झापाका माधवप्रसाद रेग्मी, सदस्यहरुमा क्रमशः कपिलवस्तुका माधव बेल्वासे, इलामका वीरबहादुर राई, ललितपुरका दिनेश सिलवाल र महोत्तरीकी मञ्जु कुमारी रहेका छन्।

त्यस्तै निर्वाचन आयोगको निर्वाचन आयुक्तमा रुपन्देहीका सगुन शम्शेर जबरा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा पाँचथरका विपिनराज निरौला, राष्ट्रिय महिला आयोगको सदस्यहरुमा धनुषाकी जया घिमिरे, पर्वतकी सावीत्रा कुमारी शर्मा र काठमाडौँका सुन्दर पुर्कुटी नियुक्त भएका छन्।

त्यस्तै राष्ट्रिय समावेश आयोगको अध्यक्षमा कास्कीका डा. रामकृष्ण तिमल्सिना, सदस्यहरुमा पर्वतका पुष्पराज तिमिल्सिना, बझाङका मानप्रसाद खत्री नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

कार्यालयले आदिवासी जनजाति आयोगको सदस्यमा खोटाङका सुर्यबहादुर गुरुङ, मधेशी आयोगको सदस्यमा सप्तरीकी आभा कुमारी, थारु आयोगको सदस्यमा नवलपरासीका डा. उमाशंकर प्रसाद चौधरी र मोरङकी शान्ति मोदी नियुक्त गरेको छ ।

त्यस्तै मुस्लिम आयोगको सदस्यमा सर्लाहीका मोहम्मद समशुल हक नियुक्त भएका छन्।

यस्तो छ नामावली

प्रकाशित: १० असार २०७८ १०:४० बिहीबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग राष्ट्रपति विद्यादेवी भण्डारी