राजनीति

प्रधानमन्त्री ओलीले भनेः ४० लाख डोज खोप ल्याउने गृहकार्य भइरहेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको ४० लाख डोज खोप ल्याउने तयारी रहेको बताएका छन्। 

बुधबार बालुवाटारमा बसेको कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्दै ४० लाख डोज खोप ल्याउने तयारी भइरहेको बताएका हुन्।

त्यसबाहेक अन्य देशसँग पहल प्रयत्न भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जाने उनले बताए। कोभिड १९ कुनै एक निकायकको मात्र जिम्मेवारी नभएको बताउँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायले समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिए।

प्रकाशित: ३ असार २०७८ ०४:०३ बिहीबार

कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप प्रधानमन्त्री केपी शर्मा ओली