राजनीति

झलनाथ खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। ४/५ दिनदेखि ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई आज बिहान पौने आठ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।  

अस्पतालका अनुसार उनको स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट केही बेरमा आउने छ। यसअघि कोरोना संक्रमण भई लामो समय नर्भिक अस्पतालमै उपचार गरेर खनाल घर फर्किएका थिए।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०५:०६ सोमबार

झलनाथ खनाल