राजनीति

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले दिउँसो २ बजे बैठक बोलाएका हुन्।  

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएका छन्।

प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र कानून व्यवसायीहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएक थिए।

प्रकाशित: २८ जेष्ठ २०७८ ०१:४१ शुक्रबार

सभामुख अग्निप्रसाद सापकोटा