राजनीति

स्वास्थ्य मन्त्री तामाङले गरे सम्पत्ति विवरण सार्वजनिक: १४ ठाउँमा जग्गा, २२ ताेला सुन

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक सम्पत्ति विवरणअनुसार उनको काठमाडौंसहित देशका विभिन्‍न १४ ठाउँमा जग्गा छ।

त्यसैगरि, तामाङको नाममा विभिन्न कम्पनीमा ५ लाख बराबरको शेयर लगानी र श्रीमती उषाकला राईको नाममा समेत १५ लाख बराबारको शेयर रहेको विवरणमा उल्लेख गरिएको छ। साथै उनीहरूसँग २२ ताेला सुन र ३ लाख २७ हजार ३ सय ५० रूपैयाँ बराबरकाे (२,१६,१२५, तामाङको नाममा र राईको नाममा १,११,२२५) बराबरकाे बैंक माैज्दात रहेकाे उनले जनाएका छन्।   

त्यस्तै, विभिन्न वित्तीय संस्थाहरूबाट लिइएकाे १ कराेड २४ लाख बराबरकाे ऋणमध्ये ७१ लाख ऋण तिर्न बाँकी रहेकाे विवरणमा उल्लेख गरिएकाे छ। 

यसअघि मन्त्री भएकै भोलिपल्ट पत्रकार सम्मेलन गरेर उनले छिट्टै सम्पति विवरण सार्वजनिक गर्ने जानकारी दिएका थिए।  

हेर्नुस् उनको पूर्ण विवरणः

 

 

 

प्रकाशित: २७ जेष्ठ २०७८ ०५:२९ बिहीबार

सम्पत्ति विवरण सार्वजनिक स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ