राजनीति

संसद विघटनसम्बन्धीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, असार ९ देखि नियमित सुनुवाइ हुने

संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ।  निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन भने सर्वोच्चले अस्वीकार गरेको छ। असार ९ गतेदेखि नियमित सुनुवाई हुने भएको छ ।  

संसद् विघटनसम्बन्धी विषयकेन्द्रित बहस सुरु भएकोमा सांसदहरुको रिटको टुंगो लागेपछि मात्रै अन्य मुद्दामा बहस हुने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बताएका छन्।  

यस अघि प्रतिनिधि सभा विघटनलगायत मुद्दाको संवैधानिक इजलासमा आज सुनुवाइ शुरु भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि आफूले गठन गरेको इजलासमै  सुनुवाइ अघि बढाएका हुन्।

आइतबार हेर्दाहेर्दैमा रहेको  यो मुद्धा  सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आजलाई तोकिएको थियो । आइतबारनै  प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले  न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको  संवैधानिक इजलास गठन गरेका थिए।  

प्रकाशित: २६ जेष्ठ २०७८ १०:२३ बुधबार