राजनीति

सुदूरपश्चिम प्रदेशसभाः तटस्थ बस्ने कांग्रेस संसदीय दलको निर्णय

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले तटस्थ बस्ने निर्णय गरेको छ। माधवकुमार नेपाल पक्षले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने भएपछि कांग्रेसले तटस्थ बस्ने जनाएको छ।  

मुख्यमन्त्री भट्टले नेपाल पक्षको मत पाएर बहुमत पुग्यो र विश्वासको मत लिन सफल भए आफूहरु तटस्थ बस्ने नेपाली कांग्रेसका सचेतक टेकबहादुर रैताले जानकारी दिए। 'माधव नेपाल पक्षले विश्वासको मत दिने भनेको छ', उनले भने, 'यदि बहुमत पुग्यो भने हामी तटस्थ बस्छौं।'

यस्तै, मुख्मन्त्री भट्टले विश्वासको मत लिन नसक्ने अवस्था देखिएमा मात्र मत दिने पनि उनले बताए।  

माधवकुमार नेपाल पक्षले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलले निर्णय गरेकाे छ।

यसैगरिओली पक्षका ७ जनाले भने विश्वासको मत दिन सहमत जनाएका छन्।

प्रकाशित: २५ जेष्ठ २०७८ ०४:४७ मंगलबार

कांग्रेस संसदीय दल