राजनीति

मेरो कारण एकताको प्रयास सफल नभएको भन्ने ओलीको भनाइ षड्यन्त्रपूर्ण: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो कारण नेकपाको एकता टुटेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको निन्दा गरेका छन्। सोमबार प्रचण्डले सामाजिक सन्जालमार्फत् ओलीको आरोपको षडयन्त्रपूर्ण रहेको बताएका छन्।

'प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ', उनले भने, 'त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।'

प्रकाशित: २४ जेष्ठ २०७८ ०७:४२ सोमबार

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'