राजनीति

संवैधानिक इजलासमा मतभेद

 बरिष्ठताको आधारमा गठित संवैधानिक इजलासमा महान्यायाधिवक्ता रमेश बडालले प्रश्न उठाएका छन्। यसअघि इजलास छोडेका न्यायाधीशलाई राखेको भन्दै  उनले असन्तुष्टि व्यक्त गरे।  

प्रधानमन्त्रीपक्ष कानुन व्यवसायीले पनि इजलास गठनप्रति असन्तुष्टि जनाए।  त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलासको मर्यादा राख्न आग्रह गरेका छन्।  विभिन्न मतभेदकामाझ सुनुवाई जारी छ ।  

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास आइतबारका लागि गठन भएको हो ।  

प्रकाशित: २३ जेष्ठ २०७८ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App