राजनीति

पूर्व रक्षामन्त्री पोखरेलले ४ लाख ५६ हजार कोभिड कोषमा र ६ लाख ५ हजार पार्टी कोषमा जम्मा गरे

पूर्व रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्री पदमा रहदाको  सात महिनाको पारिश्रमिक कोभिड कोषमा बुझाएको जनाएका छन् ।नयाँ मन्त्रिपरिषद् गठनसँगै रक्षामन्त्रीबाट पदमुक्त भएका पोखरेलले सामाजिक सञ्जालमार्फत्  उक्त जानकारी दिएका हुन् ।  

‘मैले कोभिड संक्रमितहरूको उपचारका लागि सरकारको औपचारिक निर्णय अनुसार सात महिनाको पारिश्रमिक बापतको ४ लाख ५६ हजार ४ सय रुपैया कोभिड कोषमा बुझाएको छु।’ उनले सुविधा प्राप्त गरेबापत राज्यलाई बुझाउनु पर्ने सबै किसिमका दायित्वहरू पूरा गरेको दाबी समेत गरेका छन् ।  

‘मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्बन्धित ठाउँमा आइतवारनै बुझाई सकेको छु,’ उनले लेखेका छन्, ‘यस अवधिमा मैले मेरो प्रिय पार्टीको कोषमा ६ लाख ५ हजार बुझाएको छु ।’ उनले पुल्चोकस्थित मन्त्री क्वार्टर २२ गते शनिबार नै खाली गरिसकेको जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेको धारणा जस्ताको तस्तै

म २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म ९२ वर्ष ७ महिना १४ दिन ० नेपाल सरकारको रक्षा मन्त्री र तत्पश्चात् २०७८ जेठ २१ गतेसम्म ९७ महिना २३ दिन ० प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारीमा रहेँ। सुरूमा अर्थात् २०७४ फागुन १४ गतेदेखि २०७५ जेठ १७ गतेसम्म रक्षा मन्त्रीको रूपमा र त्यसपछि उपप्रधानमन्त्रीको हैसियतले रक्षा मन्त्रीका रूपमा जम्मा ३ वर्ष ३ महिना ७ दिन म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहेँ। यस अवधिलाई मैले मेरो राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको छु। यस अवधिमा मलाई आफ्नो जिम्मेवारी पूरा गर्न सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गदर्शन गरिरहनु भयो। मन्त्री साथीहरूले निरन्तर सहकार्यका लागि सहृदयता प्रदर्शन गरिरहनु भयो। नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापति लगायत सकल दर्जाका साथीहरू,  मन्त्रालयका सचिवजीहरू तथा अन्य सम्पूर्ण कर्मचारी साथीहरूले गर्नुभएको सहयोगलाई म कहिल्यै बिर्सन सक्तिनँ। मलाई समर्थन गर्नुहुने÷ माया गर्नुहुने आम जनता खासगरी निर्वाचन क्षेत्रका मतदाताहरूले सद्भाव र समर्थन जनाइरहनु भयो। उहाँहरूले गर्नुभएको सहयोग र सद्भावलाई म कहिल्यै बिर्सने छैन। उहाँहरू सबैप्रति म कृतकृतज्ञ छु।  

यसबीच सरकारमा रहेकाबेला मबाट र मेरो नेतृत्वमा भएका सबै कामहरू सम्बन्धित ठाउँमा  औपचारिक अभिलेखहरूमा सुरक्षित रहेका छन्। तिनले आजमात्र नभएर आवश्यक पर्दा पछि पछिसम्म पनि सबैलाई यथार्थ बताइरहने कुरामा मैले विश्वास लिएको छु।  यसबीच कोभिड संक्रमणको महामारीका समयमा मैले “उच्चस्तरीय समन्वय समिति“ र “कोभिड १९ संकट व्यवस्थापन केन्द्र“ मा संयोजकका हिसाबले भूमिका खेल्ने काम गरेँ । त्यसबेलाको जटिलतासित गाँसिएर उठेका÷उठाइएका कुराहरूलाई म कहिल्यै बिर्सन सक्तिन। यसबीच मैले कोभिड संक्रमितहरूको उपचारका लागि सरकारको औपचारिक निर्णय अनुसार सात महिनाको पारिश्रमिक ४,५६, ४००।– कोभिड कोषमा बुझाएको छु । सुविधा प्राप्त गरेबापत राज्यलाई बुझाउनु पर्ने सबै किसिमका दायित्वहरू पूरा गरेको छु।  मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्बन्धित ठाउँमा आइतवार ९२३ गते जेठमा० बुझाइसकेको छु। यस अवधिमा मैले मेरो प्रिय पार्टीको कोषमा ६,०५,०००।– बुझाएको छु। पुल्चोकस्थित मन्त्री क्वार्टर २२ गते शनिबार नै खाली गरिसकेको छु।  

साथीहरू सबैलाई थाहा छ– म नेकपा (एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव – तर  “महान र ऐतिहासिक“ भनिएको एमाले– माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको  जिम्मेवारीमा रहिन १ तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले– माओवादी पार्टीहरूको पूर्वस्थिति कायम रहन पुगेका कारण म  पुनः  एमालेको महासचिव रहन पुगेको छु। यो अवस्थामा मैले बुझेको छु – म पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ।  पार्टीका आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्बन्धमा कुराहरू भएका छन्। उहाँले मलाई परिस्थितिको गम्भीरताबारे बताउँदै आउनुभएको पनि छ र  मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु।          

अहिले कतिपयले भन्ने गरेजस्तो “सबैतिर छ पार्टी – तर कहिँ पनि छैन पार्टी“ जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती छ। र, यो बदल्ने अभियान संचालन गर्ने संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्ने छ। दुर्भाग्य नै हो – यतिबेला पार्टीभित्रको  एकतामा पनि संकट देखापरेको छ। यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ।  चुनौतीहरू थुप्रै किसिमका छन्। राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशंकाले मानिसहरूमा त्रास सृजना गराउन खोजिँदैछ। आर्थिक विकास र समृृद्धिको अभियानलाई कमजोर पार्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउने, मुलुकलाई अराकता र अस्तव्यस्ततातर्फ  धकेल्ने, सामाजिक सद्भावलाई विथोल्ने आदि दुस्प्रयत्नहरू हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र÷बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ।  यस्तोबेलामा सिंगो राष्ट्रले÷आम नेपाली जनताले नेकपा (एमाले)प्रति – सुदृढ र जनआधारित नेकपा ९एमाले०प्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ। यो आवश्यकतालाई पूरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ। यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक मित्रहरूलाई  गोलबन्द हुन हार्दिक अनुरोध गर्दछु ।  

– ईश्वर पोखरेल

२०७८ जेठ २३

प्रकाशित: २३ जेष्ठ २०७८ ०६:०१ आइतबार

पूर्व रक्षामन्त्री ईश्वर पोखरेल