राजनीति

कर्णालीको वर्षे अधिवेशन जेठ २४ गते

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेशको आठौं (वर्षे) अधिवेशन आह्वान गरेका छन्। नेपालको संविधानको धारा १८३ (१) बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन जेठ २४ गतेका लागि प्रदेश प्रमुखले आह्वान गरेका हुन्।

वर्षे अधिवेशन दिउँसो २ बजेका लागि बोलाइएको प्रमुख प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानीले जानकारी दिए। सभामुख राजबहादुर शाहीको आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकले अधिवेशन सुचारु गर्ने सहमति भएको थियो।

प्रकाशित: २१ जेष्ठ २०७८ ११:१२ शुक्रबार

कर्णाली वर्षे अधिवेशन प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी