राजनीति

ठाकुर पक्षको निर्णयः उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय भएको ठाकुर पक्षका नेता डा. सुरेन्द्र झाले जानकारी दिए।

यसअघि यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासन गर्ने निर्णय गरेको थियो। पार्टीबाट निष्कासन गरेलगत्तै पार्टीले चार नेताहरुलाई दलको दर्ता किताबबाट हटाउन निर्वाचन आयोगलाई पत्र समेत लेखेको थियो।

प्रकाशित: १८ जेष्ठ २०७८ ११:३० मंगलबार

अध्यक्ष उपेन्द्र यादव ठाकुर पक्षको निर्णय जनता समाजवादी पार्टी (जसपा)