राजनीति

प्रश्न उठेपछि संवैधानिक इजलाससम्बन्धी नियमावली परिवर्तन हुने

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा हेर्न बनेको संवैधानिक इजलासमा न्यायाधीशको विषयमा प्रश्न उठेपछि संवैधानिक इजलाससम्बन्धी नियमावली परिवर्तन हुने भएको छ।  

सर्वोच्च अदालत र सर्वोच्च अदालत बारबीच नियमावली परिवर्तन गर्ने आज निर्णय भएको हो।  

नियमावली परिवर्तन भएपछि बरिष्ठताको रोलक्रम अनुसार संवैधानिक इजलासमा न्यायाधीश तोकिनेछन्। प्रधानन्यायाधीशले आफूले न्यायाधीश रोजेर इजलास गठन गर्न पाउने छैनन् ।

प्रकाशित: १८ जेष्ठ २०७८ ०७:१५ मंगलबार

संवैधानिक इजलास प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दा