राजनीति

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

नेकपा (एमाले) ले स्थायी कमिटी बैठक फेरि सरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बोलाइएको बैठक भोलि बिहान ११ बजे मात्र बस्ने भएको हो।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको जानकारी दिए। आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन पनि हुँदैछ ।  

यसअघि आइतबार साँझ ५ बजे तय गरिएको बैठक आज बिहान १० बजेका लागि सारिएको थियो। बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ। रासस

प्रकाशित: १७ जेष्ठ २०७८ ०५:१६ सोमबार

एमाले स्थायी कमिटी बैठक