राजनीति

महिला हिंसा कहिल्यै क्षम्य हुन सक्दैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा हुने महिला हिंसा क्षम्य हुन नसक्ने बताएका छन्। तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आइतबार राजधानीमा बोल्दै प्रधानमन्त्रीले महिलाको अधिकार र समानता महिलाको मात्र नभएर मानव समुदायको लागि आवश्यक भएको बताए।  

‘महिलाको हक र अधिकारको लागि महिलाले मात्र हैन पुरुषले पनि उत्तिकै आवाज उठाउनु आवश्यक छ,’ उनले भने, ‘जवसम्म पुरुषहरू महिलाप्रति सहयोगी हुँदैनन् तबसम्म महिला आन्दोलन सफल बन्न सक्दैन।’ समान अधिकार मानव जातिको समृद्धिको लागि भन्दै यसमा सबैको सहयोगी भूमिका आवश्यक रहेको बताए।  

त्यस्तै उनले महिलाप्रति महिला स्वयं पनि सकारात्मक हुनु पर्ने बताए। ‘महिलाप्रतिको कतिपय  हिंसामा महिलानै जिम्मेवार देखिएका छन्,’ उनले थपे, ‘महिलामा पनि महिलाजन्य स्नेह र ममतापूर्ण स्वभाव जरुरी हुन्छ।’  

प्रकाशित: १६ जेष्ठ २०७८ ०८:२० आइतबार

महिला हिंसा