राजनीति

बजेटको बाटो खुलाउन राष्ट्रपतिले ल्याइन् आर्थिक अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन्। आर्थिक वर्ष २०७८/७९ को लागि आज सार्वजनिक हुन गइरहेको बजेटको बाटो खुलाउन आर्थिक अध्यादेशसहित तीन अध्यादेश शनिबार जारी गरेकी हुन्।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले नेपालको संीवधानको धारा ११४ को उपधारा (१०) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक  अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी भएको कार्यालयले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०७८ ०९:५७ शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारी बजेट