राजनीति

चिकित्सक तथा नर्सप्रति भएको दुर्व्यवहार खेदजनकः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार खेदजनक भएको बताएकी छन्। उनले आज ट्वीट गर्दै आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति गरिएको दुर्व्यवहार हुनु खेदजनक भएको बताएकी हुन्।  

“दुःख परेका बेला भावनात्मक उत्तेजना हुनसक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो”, उहाँले ट्वीटमा उल्लेख गरेकी छन्। उपचारका क्रममा एक जना बिरामीको निधन भएपछि मृतकका आफन्तले यही जेठ १३ गते साँझ अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि साङ्घातिक आक्रमण गरेका थिए।

प्रकाशित: १४ जेष्ठ २०७८ १४:५८ शुक्रबार

चिकित्सक तथा नर्स दुर्व्यवहार खेदजनक राष्ट्रपति विद्यादेवी भण्डारी