राजनीति

प्रधानमन्त्री ओलीका कारण संविधान नै संकटमा

नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका कारण संविधान नै संकटमा पुगेको ठहर गरेको छ।एसोसिएसनले प्रेस विज्ञप्तिमार्फत् प्रधानमन्त्री ओलीले अध्यादेशबाट देश चलाउन खोजेको समेत जनाएको छ।

‘नेपालको संविधानको घारा ७६(५) बमोजिम अर्को सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि आवश्यक बहुमतसहित सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनले दाबी प्रस्तुत गर्दा पनि प्रतिनीधि सभामा विश्वासको मत दिन असफल भई अल्पमतमा परिसकेका र आफूले बहुमत देखाउन नसक्ने भनी घोषणा गरी सकेका प्रधानमन्त्री ओलीलाई प्रधानम्मन्त्रीमा निरन्तराता दिने कार्य असंवैधानिक भएको’ भन्दै एसोसिएसनले विज्ञप्तिमार्फत् सो कामले संविधान संकटमा परेको ठहर गरेको छ।  

एसोसिएसनले राष्ट्रपतिबाट प्रतिीनीधिसभाको विघटन गरी महामारीको विषम परिस्थितिमा निर्वाचनको मिति घोषणा गर्नुलाई असंवैधानिक निर्णय भएको जनाउँदै सो असंवैधानिक निर्णय खारेज गर्न पनि माग गरेको छ।

साथै कोरोना महामारी संक्रमण न्यूनीकरण र रोकथामका लागि यथाशीघ्र कदम चाल्न आग्रह गरिएको छ।

प्रकाशित: १२ जेष्ठ २०७८ १२:५५ बुधबार

नेपाल बार एसोसिएसन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली