राजनीति

सिहंदरबारमा विपक्षी गठबन्धनको हस्ताक्षर जारी, आजै रिट दर्ता

फाइल तस्बिर

विपक्षी दलहरुको गठबन्धनले प्रतिनिधि सभा  विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु सिंहदरबारमा पुगेका छन्।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलका अनुसार विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध आझ सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार भएसँगै नेपाल पक्षका सांसदहरु सिंहदरबारमा पुगेका हुन्।

गत शुक्रबार मध्यरातमा  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो।

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्चमा रिट दिन लागेका हुन्।

प्रकाशित: १० जेष्ठ २०७८ ०६:०८ सोमबार

सिहंदरबारमा विपक्षी गठबन्धनको हस्ताक्षर आजै रिट दर्ता