राजनीति

राष्ट्रपतिको निर्णयमा हतारो देखियो: गणतन्त्रअघिकी राष्ट्रपति

२०६३ साल वैशाख १० गतेवीरगन्जमाआन्दोलनकै क्रममाप्रतीकात्मक राष्ट्रपतिको सपथलिँदै शीला मैनाली। फाइलतस्बिर: उपेन्द्र लामिछाने/नागरिक

खासमा उनी राष्ट्रपति भएको १५ वर्ष भइसक्यो। मुलुकमा गणतन्त्र घोषणा हुनुभन्दापनि पहिला। अझ भनौँ,राजा ज्ञानेन्द्रको ‘वैशाख ११’को ‘घोषणा’ भन्दा एक दिनअगाडिअर्थात २०६३ वैशाख १० गते। 

जनआन्दोलन उचाइमा पुग्दै गर्दा वीरगन्जका आन्दोलनकारीले प्रतीकात्मक रूपमा नर्सिङ कलेजकी शिक्षिका शीला मैनालीलाई उक्तदिन वीरगन्जमा‘पहिलो राष्ट्रपति’ घोषणा गरेका थिए।  

यिनै प्रतीकात्मक राष्ट्रपति १५ वर्षपछि भेटिइन्।  संघीय राजधानी काठमाडौंमा। रातो टीका र सयपत्रीको मालामा सजिएर मुठी कस्दै त्यतिबेला देश निर्माणको कसम खाएकी शीला यतिखेर भने खासै उत्साहित थिइनन्।

‘हो, गणतन्त्र आउनुअगाडि नै मलाई नागरिक समाजकातर्फबाट सांकेतिकरूपमा राष्ट्रपति घोषणा गरिएको थियो’, उनले थपिन्– मैले पनि मञ्चबाट देश रजनताको हितमा कामगर्ने वाचा गरेकी थिएँ तर..।

तरमै रोकिएपछि उनी केहीबेर बोलिनन्। अनि अलि मुख बिगारेर थपिन्– हरेक गतिविधि स्वार्थ प्रेरित भए, कसैले पनि मुलुकको हित सोचेन। अहिले मुलुकले भोगिरहेको दुर्गति यसैको परिणाम हो।  

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय निकै कम रहेको भन्दै उनले हतारमा निर्णय गर्दा मुलुक थप अन्यौलमा गएको आफ्नो धारणा राखिन्। ‘मलाई अरु केही थाहा छैन,’ तर म भएको भए प्रयाप्त समय लिएर मात्र  विघटन गर्ने नगर्ने निर्णय लिन्थे।’

कोभिडको समयमा  सबै दहहरुले राम्रो भूमिका ननभिएको उनको गुनासो छ।‘दहरुहरु आपसी झगडाले पनि राष्ट्रपति थप अन्यौलमा परेको उनको बुझाई छ।‘यस्तो बेलामा जनता र मुलुकको हितमा निर्णय लिनु पर्ने हुन्छ,’ उनले थपिन्, ‘हतारोमा केही चुक भयो की भन्ने लाग्छ।’  

‘मलाई अरु केही थाहा छैन,’ शिला मैनाली (गणतन्त्रअघिकी राष्ट्रपति)ले भनिन्, ‘त्यो ठाउँमा म भएको भए प्रयाप्त रायँ/सल्लाह लिएर मात्र  विघटन गर्ने /नगर्ने निर्णय लिन्थे।’ ‘यस्तो बेलामा जनता र मुलुकको हितमा निर्णय लिनु पर्ने हुन्छ,’ उनले थपिन्, ‘हतारोमा केही चुक भयो की भन्ने लाग्छ।

शीला कुनै दलसँग आवद्व थिइनन् तर पनि वीरगन्जमा हुने नियमित आन्दोलनमा सहभागी भने हुन्थिन्,नागरिक समाजकातर्फबाट। आफूलाई आन्दोलनप्रति देखाएको यही समर्पणका कारण सर्वसम्मतिले राष्ट्रपति चयन गरेको उनको बुझाइ छ।

जब राष्ट्रपति चयन भइन्, उपस्थित समुदायलाई  मुठी बजार्दै अभिवादन फर्काएकी थिइन् मात्र २७ वर्षकी यी युवतीले। ‘थोरै डर, बढी उत्साह थियो’– त्यतिबेलाको सम्झना सेयर गरिन् र भनिन्–भोलिको सुन्दर कल्पनामा कोरिएको यो कार्यक्रमले धेरैको मन छोएको थियो।

तपाई अहिले साँच्चिकै राष्ट्रपति हुनुभएको भए के गर्नुहुन्थ्योनि? अनौपचारिक कुराकानीका क्रममा निस्केको प्रश्नको सामना यसरी गरिन् उनले–अझै पनि ‘राजा’ को झल्को दिने चलन कायमै छ,पहिला त्यो ‘राजसी संस्कार’ बाट मुक्त हुन्थेँ।

२०६५ जेठ १५ मा बसेको संविधान सभाको  बैठकले राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो। त्यसको करिब दुई महिनापछि  साउन ६ गते मुलुकले पहिलोपटक साँच्चिकै  राष्ट्रपति पाएपनि जनस्तरमा भने अहिले पनि गणतन्त्रको अनुभूति हुन नसकेको उनको ठम्याइ छ।

‘समाज र मुलुककालागि गतिलो योगदान पुर्‍याउन कुनैपनि दलमा लाग्नै पर्छ भन्ने छैन’, २१ वर्षसम्म शिक्षिका बनेर यतिबेला फेरि विद्यार्थी जीवनमा फर्किएकी शीला भन्छिन्– ‘सिक्ने कुरा कहिले पो सकिन्छ र ?’ हो, यतिखेर मानसिक स्वास्थ्य विषयमा पिएचडी गरिरहेकी उनी राजनीतिक दलसँग सोझै सम्बन्धित नभएपनि राजनीतिलाई भने नजिकबाट नियालिरहेकी छिन्।

राष्ट्रपति जुनकुनै दलबाटपनि हुन सक्छन् तर यो पदमा पुगेपछि पनि दल विशेषको बनिरहनहुँदैन, उनले सुझाइन्–किनकि यसको स्थान दलीय स्वार्थभन्दा निकै माथि छ।

राष्ट्रपति पनि सडकै बन्द गरेर राजाको जस्तो पर्वहरूमा सहभागिता जनाउन जाने गरेका उनलाई फिटिक्कै मन परेको छैन। यसको मतलव उनी कला/संस्कृति विरोधी भने हैनन् भन्छिन्– कला/संस्कृतिको जगेर्ना गर्नुपर्छ तर राजा/महाराजाकै नियति पछ्याउनैपर्छ भन्नेचाहिँ हैन।

‘गणतन्त्रमा राष्ट्रपतिले के गर्ने के नगर्नेभन्ने प्रस्ट तयारी नहँुदा पहिला राजाले गर्ने गरेकाकाम नै पछ्याएको जस्तो लाग्छ’–राष्ट्रपति संस्थाको गतिविधिमा देखिएको अलमलप्रतिउनको बुझाइ छ।नयाँ नेपालमा नयाँ सोचको भने खडेरी नै परेको उनको ठम्याइ छ। यहीकारण पनि नेताहरू जनताबाट टाढिँदै गएका मात्रनभई सुरक्षासमेत बढी चाहिने अवस्था सिर्जना भएको उनको प्रतिक्रिया छ।

अझै पनि दलहरूमा विभिन्न प्रकारका ‘राजा’ कायमै रहेका कारण जनस्तरमा भने गणतन्त्रको अनुभूति हुन नसकेको बताउने शीला ‘रौतहटको आलम हत्याकाण्डदेखि मुलुकका विभिन्न ठाउँमा भएका जघन्य काण्डहरूले गणतन्त्रकै खिल्ली उडाउने काम गरिरहेको’ बताउँछिन्।  

ठूलो पदमा पुगेपछि विगतमा गरेको  योगदानको पेन्सन खाने प्रवृत्ति उनलाई फिटिक्कै मन पर्दोरहेनछ।देश र जनताको हितमा काम गर्नुपर्ने ठाउँमा नियुक्ति पाएकाहरू व्यक्तिगत स्वार्थ र लाभमा केन्द्रित हुँदा पनि जनता निराश भएका उनले पत्तो पाएकी छिन्।

जब उनी कहिलेकाहीँ आफूलाई एकैछिन भएपनिआँखाचिम्म गरेर राष्ट्रपतिको कुर्सीमा राख्छिन्। त्यसपछि सोच्छिन् रे– ‘आफूलाई कम जनतालाई ज्यादा फाइदा हुने काम।’ताकि जनताले उनलाई  हेरेर गर्वगर्न सकून्।

प्रकाशित: १० जेष्ठ २०७८ ०३:१८ सोमबार

(गणतन्त्रअघिकी राष्ट्रपति