राजनीति

कांग्रेस ‘प्रचण्डपथ’ अंगिकार गर्दै छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रजातन्त्रिक भन्ने नेपाली कांग्रेसले पनि ‘प्रचण्डपथ’ अंगिकार गरेजस्तो लागेको बताएका छन्। आइतबार बालुवाटारमा पत्रकारसंग अन्तरक्रिया कार्यक्रममा सरकार चलाउन पनि नदिने अनि अलोकतान्त्रिक वितण्डातर्फ कांग्रेस लागेको बताए।  

‘प्रचण्डलाई गुरु थापेर उत्तेजना र आवेशमा नेपाली कांग्रेस अगाडी बढेको छ,’ उनले भने, ‘प्रधानमन्त्री बन्ने नाममा किर्ते सही गराउने खालको आवेश र उत्तेजनाको राजनीति नगरौ।’  

केपी ओलीले गराएको चुनावमा भाग नलिने भन्ने कुरासमेत केही कांग्रेसीबाट सुनिन आएको बताउँदै यो कस्तो प्रजातान्त्रिक दल भन्ने प्रश्न गरे। ‘ओलीले नगराए कसले गराएको चुनावमा भाग लिने,’ उनले थपे, ‘लोकतन्त्रमा क्षणिक स्वार्थको लागि अनुशासनहिन काम गर्नु हुँदैन।’

प्रकाशित: ९ जेष्ठ २०७८ ०८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App