राजनीति

देउवाले बोलाए आकस्मिक बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी आकस्मिक बैठक बोलाएका छन्। शनिवार विहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन्।  

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि छलफलका लागि बैठक बोलाइएको बताईएको छ। बैठकले सरकारको कदमको प्रतिवाद गर्ने गरी रणनीति तय गर्ने सभापति देउवाका स्वकिय सचिव भानु देउवाले जानकारी दिए।

प्रकाशित: ८ जेष्ठ २०७८ ०३:०३ शनिबार

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा