राजनीति

प्रधानमन्त्रीमा देउवाको दाबीः देउवासहितका शीर्ष नेताहरु शीतलनिवासमा

संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गर्ने तयारी गरेका छन्।

उनले १४९ सांसदको हस्ताक्षर पाएपछि प्रधानमन्त्रीमा आफूलाई नियुक्ति गर्नका लागि राष्ट्रपतिसमक्ष उनले दाबी पेश गर्ने भएका हुन्।  

उनको पक्षमा माओवादी, जसपा र एमालेको माधव नेपाल समूहका नेताहरु रहेका छन्। स्रोतका अनुसार देउवासहितका शीर्ष नेताहरु शीतलनिवास लागेका छन्।

सरकारमा दाबी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेस संसदीय दलको कार्यालयमा सो संख्यामा हस्ताक्षर जुटाइएको उच्च स्रोतले जनाएको छ।

प्रकाशित: ७ जेष्ठ २०७८ १०:०७ शुक्रबार

नेपाली काँग्रेस कांग्रेस सभापति शेरबहादुर देउवा