राजनीति

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने बताएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री आफूले विश्वासको मत नलिने बताएका हुन्।  

वैशाख २७ गते संसदको विश्वास गुमाएका प्रधानमन्त्री ओली वैशाख ३० गते संविधानको धारा ७६ (३) अनुसार अल्मतको सरकारको प्रधानमन्त्री नियुक्त भएका थिए। संविधानअनुसार यसरी नियुक्त भएका प्रधानमन्त्रीले सपथ लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

प्रकाशित: ६ जेष्ठ २०७८ १४:०७ बिहीबार

विश्वासको मत प्रधानमन्त्री केपी शर्मा ओली