राजनीति

गण्डकीमा मन्त्रिपरिषद् विस्तार

गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गरेका हुन्।

विस्तारित मन्त्रिपरिषदमा किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल, नरदेवी पुन र दीपक मनाङे रहेका छन्।

सपथ ग्रहणमा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्रीको सपथ लिएका थिए भने बस्नेत, लम्साल र पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।

मनाङे फेरि युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन्। मनाङे शपथ ग्रहणमा सहभागी थिएनन्।

प्रकाशित: ५ जेष्ठ २०७८ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App