राजनीति

गौशालामा ५१ शैयाको निःशुल्क आइसोलेशन केन्द्र

काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्र सुरु भएको छ।  

मारवाडी सेवा समितिले  सो केन्द्र सुरु गरेको हो। सो केन्द्रको बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले सुरु गरेका छन् । मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शैयाको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले बताए।  

‘कोभिड विरुद्धको लडाईं हामी सबैले मिलेर लड्ने लडाईं हो। यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभावकको भूमिका खेल्छ, तर यो लडाईंको मोर्चामा हामी सबै एकठाउँमा उभिएर लड्नुपर्छ ।’ सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले भने।  

३ सय शय्यासम्म संचालन गर्न सकिने सो आइसोशलेन केन्द्रलाई पूर्ण रुपमा संचालन गर्न सिसिएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले वचन दिए।

प्रकाशित: ५ जेष्ठ २०७८ ०८:३२ बुधबार

निःशुल्क कोभिड आइसोलेशन केन्द्र मारवाडी सेवा समिति