राजनीति

गण्डकी प्रदेशः मन्त्रिपरिषद् विस्तार हुँदै, तीन बजे शपथ खुवाउने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । गुरुङले आफु मुख्यमन्त्री भएको एकहप्तापछि बल्ल मन्त्रीपरिषद बिस्तार गर्न लागेका हुन् । गुरुङ गत वैशाख २९ गते दोश्रो पटक मुख्यमन्त्री बनेका थिए । ब्ुधबार दिउँसो तीनबजे नयाँ मन्त्रीलाई शपथ खुवाउने तयारी भएको छ ।  

नेकपा हुँदा दुईतिहाइ मतसहित मुख्यमन्त्री बनेका गुरुङले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले संयुक्त रुपमा अविश्वासको प्रस्ताव ल्याएपछि अल्पमतमा परेको भन्दै वैशाख २६ गते राजिनामा थिए । अविश्वास प्रस्तावमा साथ दिएको राष्ट्रिय जनमोर्चाले बिपक्षी गठबन्धन बनाएर सरकार बनाउने निर्णय गरेपनि सो दलका २ सांसदले कांग्रेस नेतृत्वमा सरकार गठन गर्नका लागि मतदान गर्न अस्वीकार गरेपछि बहुमतीय सरकार बन्न सकेको थिएन ।  

त्यसलगत्तै ठुलो दलको हैसियतले मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेपनि कोरोना संक्रमण भएका कारण मन्त्रीपरिषद बिस्तार नगर्दा प्रदेशमा सरकारविहीनताको अवस्था बनेको भन्दै आलोचना भएको थियो । मुख्यमन्त्रीले आज पुरानै अनुहारलाई निरन्तरता दिने गरी मन्त्रीपरिषद बिस्तार गर्ने योजना बनाएका छन् । विश्वासको मत प्राप्त नगरेसम्म मन्त्रालय नबढाउने योजना अनुसार उनले पुरानै मन्त्रीहरुलाई निरन्तरता दिन लागेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधारमा रामशरण बस्नेत, उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रीमा विकास लम्साल, सामाजिक विकासमा नरदेवी पुन र युवा तथा खेलकुदमा राजिव गुरुङ (दीपक मनाङे)लाई नै निरन्तरता दिइनेछ । किरण गुरुङ, बस्नेत, लम्साल र पुन प्रदेश सरकार बनेदेखिकै मन्त्री हुन् भने मनाङे मुख्यमन्त्रीको पहिलो कार्यकालको अन्त्यतिर केहि दिनका लागि मन्त्री बनेका थिए । गुण्डा नाईकेलाई मन्त्री बनाएको भन्दै आलोचना भएपनि आगामी कार्यकालमा पनि निरन्तरता दिनेगरी मुख्यमन्त्रीले मनाङेलाई मन्त्री दोहो¥याउन लागेको श्रोतले बताएको छ ।

प्रकाशित: ५ जेष्ठ २०७८ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App