राजनीति

जसपाको स्पष्टोक्ती : आफ्नै नेतृत्वमा सरकार बने मात्र सरकारमा, नत्र प्रतिपक्ष

जनता समाजवादी पार्टी(जसपा) आफ्नो नेतृत्वको सरकार बनेमात्र सरकार गठनका लागि अघि बढ्ने भएको छ।

पार्टीका अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै तत्काल सरकारमा नजाने पनि स्पष्ट पारेको छ।

पार्टीले नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षीमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने पनि जनाएको छ।

‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवम् अड्कलबाजीहरु भइरहेका छन्। तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन। जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षीमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ४ जेष्ठ २०७८ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App