राजनीति

नागरिकको जीवन रक्षा पहिलो प्राथमिकताः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि हालतमा नागरिकको जीवन रक्षा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सिंदरबारमा आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा ओलीले नागरिकको जीवन रक्षाका लागि जे जे गर्नुपर्छ ती सबै गर्न निर्देशन दिए।  

‘प्रकृया झन्झटिला छन् भने तिनलाई छोट्याएर भए पनि काम गर्नु पर्‍यो,’ बैठकपछि प्रधानमन्त्रीको भनाइ उदृत गदेै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘हप्तामा हुनेलाई दिनमा र दिनमा हुनेलाई घन्टामा गरे पनि नागरिकको जीवन रक्षा गर्नु पर्‍यो।’ त्यसका लागि कानुन, प्रक्रिया जे जे मिलाउनुपर्ने हो त्यो मिलाउन ओलीले निर्देशन दिएको ज्ञवालीले बताए।  

बैठकमा स्वास्थ्य संकटकाल लगाउने वा नलगाउनेबारे पनि छलफल भएको मन्त्री ज्ञवालीले बताए। यसका लागि तुलनात्मक अध्ययन भइरहेको मन्त्री ज्ञवालीले बताए।

प्रकाशित: २ जेष्ठ २०७८ ०९:५६ आइतबार

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नागरिकको जीवनको रक्षा पहिलो प्राथमिकता