राजनीति

अब अक्सिजनको अभाव हुँदैनः परराष्ट्रमन्त्री

सरकारले कोरोना भाइरसको संक्रमितको उपचारका लागि अब अक्सिजनको अभाव नहुने जनाएको छ। सिंहदरबारमा आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अक्सिजनको आपूर्ति बढेकाले अब अक्सिजन र सिलिण्डरको अभाव नहुने देखिएको बताए।  

त्यस्तै अत्यावश्यकीय सामग्रीहरु अक्सिजन, खोप लगायतको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायलाई तदारुकताका साथ काम गर्न निर्देशन दिइएएको उनले बताए।

प्रकाशित: २ जेष्ठ २०७८ ०९:३८ आइतबार

कोरोना भाइरस अक्सिजनको अभाव