विभाजनको संघारमा पुगेको जसपालाई जोगाउँन अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता हुदै छ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपाभित्र सरकार गठनको विषयमा पछिल्लो समयमा देखिएको मतभेदले पार्टी फुटको संघारमा पुगेको हो।
हालै ठाकुर पक्षले हालै राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको र शनिबार यादव पक्षको कार्यकारिणी समितिको बैठकपछि निकालिएक विज्ञप्तीका कारण विवाद थप चुलिएको छ। विज्ञप्ति प्रकरणपछि दुवै अध्यक्षबीच वार्ता हुन लागेको हो।
प्रकाशित: २ जेष्ठ २०७८ ०६:५८ आइतबार