राजनीति

ओलीलाई नेपाल समूहको साढे ४ बजेसम्मको अर्को अल्टिमेटम

नेकपा एमालेको नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ। सो समूहले आफ्ना माग पूरा गर्नका लागि बिहीबार साढे ४ बजेसम्मको समयसीमा दिएको नेता भीम रावलले बताए।

सो समूहले पार्टीको नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्ने माग राख्दै आएका छन्।

यसअघि पनि सो समूहले वैशाख २७ गते अल्टिमेटम दिएका थिए।

प्रकाशित: ३० वैशाख २०७८ ०७:३० बिहीबार

नेकपा एमाले खनाल–नेपाल समूह अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली