राजनीति

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्री नियुक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तेस्रो पटक मन्त्रिपरिषद्   पुनर्गठन गरेका छन्। मुख्यमन्त्री शाहीले आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट, आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा र जलश्रोत तथा उर्जा विकास मन्त्रालयमा सीता नेपालीलाई नियुक्त गरेका हुन् ।

२०७४ माघमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले बुधबार बिहान राजीनामा दिएका थिए । भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको खेलकुद र युवालाई आन्तरिक मामिला तथा योजना मन्त्रालयमा लगिएको छ ।  

विष्ट र नेपाली सुर्खेतबाट प्रतिनिधित्व गर्छन् भने शर्मा रुकुम पश्चिमबाट निर्वाचित सांसद हुन् । नेपाली माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतक पनि हुन् । नवनियुक्त मन्त्रीहरुलाई बिहीबार विहान ११ बजे सपथको कार्यक्रम राखिएको छ ।  

प्रकाशित: २९ वैशाख २०७८ ११:३४ बुधबार