राजनीति

प्रधानमन्त्री ओलीले मागे विश्वासको मत

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेका छन्। आफूमाथि विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रस्तावका पक्षमा मतदान गर्न सांसदसँग आग्रह गरेका हुन्। प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नेछन्। सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनेछन्।

प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने छ। मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन थरि मत जाहेर गर्ने व्यवस्था हुने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।

प्रकाशित: २७ वैशाख २०७८ ०९:१० सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वास