राजनीति

'सविधान संशोधन गर्न सकिन्छ'

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न कार्यदल बनाएर अगाडी बढ्न सकिने बताएका छन्। ‘औचित्य र आवश्यक्ताका आधारमा संविधान संशोधन हुन सक्छ,’ विश्वासको मत लिन आव्हान गरिएको सोमबारको संसद बैठकमा बोल्दै उनले भने, ‘यसका लागि हामी सधै तयार छौं।

विखण्डनको विभाजनको राजनीतिमा लागेकाहरु मुलधारमा आएको बताउँदै उनले सरकारमा राम्रा कामलाई ओझेलमा पार्ने काम भएको बताए। ‘राम्रा कामलाई वास्ता गरिन्न,’ उनले भने, ‘बिलम्ब भएका केही कामलाई बढाइ चढाई गरेर विरोध गरिन्छ।’  

सत्यकलाई स्वीकारे अगाडी बढिन्छ भने यो सरकारलाई विश्वास नगर्नुपर्ने कारण नरहेको बताए। ‘त्यसैले मैले विश्वासको मत लिन चाहेको हु,’ उनले भने।

प्रकाशित: २७ वैशाख २०७८ ०८:३२ सोमबार

संविधान संशोधन कार्यदल