राजनीति

नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीलाई भोलि ९ बजेसम्मको अल्टिमेटम

नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ।

सो समूहले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न १३ घन्टेअल्टिमेटम दिँदै प्रधानमन्त्री ओलीले प्रतिवद्धता पूरा गरेको खण्डमा भोलि संसदमा विश्वासको मत दिने नेता योगेश भट्टराईले बताए।

उनले  प्रधानमन्त्री ओलीले प्रतिवद्धता पूरा नगरी आपूmखुसी गरी आफूहरुलाई किनारा लगाउने ढंगले काम गरे भोलि अझ कठोर निर्णय हुने बताए।

‘भोलि ९ बजेसम्म ओलीले हाम्रो मागको सम्बोधन नगरे तत्काल बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिन्छौं।’ नेता भट्टराईले भने।

प्रकाशित: २६ वैशाख २०७८ १४:३२ आइतबार

। माधव नेपाल समूह अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली