राजनीति

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी भएको छ। नेकपा एमालेले आफ्ना सांसदहरुलाई आज एक पत्र लेखी ह्वीप जारी गरेको हो।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन्।

दल सम्बन्धी ऐन, २०७३ को दफा २०२८ र नेकपा एमाले संघीय संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम एमालेले सो ह्वीप जारी गरेको छ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते (सोमबार) प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्।

प्रकाशित: २६ वैशाख २०७८ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App