राजनीति

पोखरेलविरुद्ध पुनःअविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध  फेरी अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता गरेका  कांग्रेस सचेतक फकरुद्धीन खानले बताए। 

अविश्वास प्रस्तावमा ४० जनाले हस्ताक्षर गरेको खानले बताए। माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको हो। पोखरेल विरुद्ध वैशाख ६ गते पहिलो पटक अविश्वास प्रस्ताव दर्ता भएको थियो।

प्रकाशित: २६ वैशाख २०७८ ०६:४२ आइतबार

पोखरलेविरुद्ध अविश्वास प्रस्ताव दर्ता