राजनीति

पार्टी एकता जोगाउन गण्डकी प्रदेशका एमाले जिल्ला अध्यक्षहरुको संयुक्त अपिल

गण्डकी प्रदेशका नेकपा एमालेका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन सामुहिक अपिल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको तिक्तता बढेर फुटको दिशामा गएपछि गण्डकी प्रदेशका एमालेका ११ वटै जिल्ला अध्यक्षहरुले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी एकता जोगाउन सामुहिक अपिल गरेका हुन् ।

अपिल गर्नेहरुमा एमाले कास्की जिल्ला अध्यक्ष कृष्णबहादुर थापा, स्याङ्जा अध्यक्ष सूर्यप्रसाद शर्मा (पारस), तनहुँ अध्यक्ष केदार सिग्देल, लमजुङ अध्यक्ष धनञ्जय दवाडी, गोरखा अध्यक्ष प्रेमबहादुर गुरुङ, पर्वत अध्यक्ष पदम गिरी, बागलुङ अध्यक्ष ईन्द्रलाल सापकोटा, म्याग्दी अध्यक्ष हरिकृष्ण श्रेष्ठ, मुस्ताङ अध्यक्ष चन्द्रमोहन गौचन, मनाङ अध्यक्ष पाल्देन छोपेन गुरुङ र नवलपुर अध्यक्ष रोसन गाहा रहेका छन् ।

अपिलमा भनिएको छ,‘कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मूल्यमान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकताबद्ध भई नेकपा (एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौं ।’

प्रकाशित: २४ वैशाख २०७८ १४:३६ शुक्रबार

पार्टी एकता जोगाउन गण्डकी प्रदेश एमाले जिल्ला अध्यक्ष