राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

नेकपा एमालेको नेतृत्वमा बनेको सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज (मंगलबार) पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन बुधबारबाट फिर्ता लिने निर्णय गरेको हो। माओवादी केन्द्रले बुधबार संसद् सचिवालयमा समर्थन फिर्ताको पत्र बुझाउने भएको छ।  

यसअघि स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णयको अधिकार पर्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरिसकेका छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले समर्थन फिर्ता लिने निर्णय लिएको हो। 

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताए।

प्रकाशित: २१ वैशाख २०७८ १२:३१ मंगलबार

उदयपुरमा नेकपा एमाले